बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए ।
प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।