जसपाले फेरि पनि जनकपुरधामको मेयरमा साहलाई नै उठाउने

जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा पुनः लालकिशोर साहले उम्मेदवारी दिने भएका छन् । जनता समाजवादी पार्टी नेपालले मनोनयन दर्ताअघि आइतबार जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा चुनाव लड्न साहलाई टिकट दिएको हो । 

यसअघि २०७४ सालमा साह तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधामको नगर प्रमुखमा निर्वाचित भएका थिए ।

राजपा र संघीय समाजवादी पार्टीबीच एकता भएर जसपा बन्दा उनी महन्थ ठाकुर र राजेन्द्र महतोको कित्ता परिवर्तन गरी उपेन्द्र यादवको पक्षमा गएका थिए ।

जनकपुरधाममा गठबन्धनबाट जसपाको कोटामा नगरप्रमुख परेको छ । तर गठबन्धन भित्रैबाट केही नेता/कार्यकर्ताहरूले उनलाई मतदान नगर्ने बताइरहेका छन् ।

उनको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै काङ्ग्रेसका नगर सभापति मनोज साहलगायत सयौं नेता/कार्यकर्ताले सधारण सदस्यसमेत नरहने गरि पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारीको घोषणा गरिसकेका छन् ।   





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १२:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया