भागबण्डा नमिलेपछि बझाङमा ४८ नेता-कार्यकर्ताले त्यागे माओवादी, स्वतन्त्र उम्मेदवारको घोषणा

बझाङको छविसपाथिभेरा-७ मा वडाको भागबण्डा नमिल्दा गठबन्धन भत्किएको छ । 

माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसहित वडा नं. ७ को पूरै वडा कमिटीले पार्टीबाट सामूहिक राजीनामा दिएको छ । आजै, स्वतन्त्र रूपमा चुनाव लड्न उम्मेदवार घोषणासमेत गरेको छ ।  

माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लोकेन्द्र सिंह धामी (निर्मल), जिल्ला कमिटी सदस्य पदम बहादुर मण्डेलसहित ४८ जना नेता कार्यकर्ताले आइतबार पार्टीबाट अलग भएको घोषणा गरेका छन् । 

आजै स्वतन्त्र तर्फबाट विजय धामी वडाध्यक्षको उम्मेदवार घोषणा भएका छन् । स्वतन्त्रबाट वडा सदस्यमा जहरे धामी, गोकर्ण मण्डेल र कोष महत उम्मेदवार बनेका छन् । 

वडा नं. ७ माओवादी केन्द्रको आधार इलाका मानिन्छ । ७४ को चुनावमा माओवादी केन्द्रका उम्मेदवार पदम मण्डेलले वडाध्यक्ष निर्वाचित भएका थिए । 

वडा नं. ७ मा वडाध्यक्ष माओवादीलाई दिनुपर्ने अडान यहाँका नेताहरूले लिएका थिए । भागबण्डामा वडा नं. ७ कांग्रेसलाई दिइएपछि माओवादी पंक्तिले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हो ।





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १५:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया