कांग्रेसको शिक्षा नीतिः ‘रट्ने र घोक्ने’ सिकाई निरुत्साहित, ‘सोच्ने, सोध्ने र सिक्ने’ अभ्यासलाई प्रोत्साहन

नेपाली कांग्रेसले अबको दशकमा ‘रट्ने र घोक्ने’ खालको सिकाई परम्परालाई निरुत्साहित गर्ने जनाएको छ । कांग्रेसले आइतबार सार्वजनिक गरेको निर्वाचन घोषणापत्रमा उक्त कुरा बताएको हो । 

‘अबको दशकमा हाम्रो शिक्षा प्रणालीलाई व्यापक सुधार गर्दै सबैलाई गुणस्तरीय शिक्षा दिलाउने हाम्रो पार्टीको प्रमुख लक्ष्य रहनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘जसको लागि ‘रट्ने र घोक्ने’ खालको सिकाई परम्परालाई निरुत्साहित गर्दै बालबिकासदेखि माध्यामिक तहसम्मै ‘सोच्ने, सोध्ने र सिक्ने’ शिक्षण परम्परा र अभ्यासलाई प्रोत्साहन गर्दै लानेछौँ ।’  

विद्यालयमा उपस्थिति दर उत्साहजनक देखिएता पनि ड्रप–आउट दर घटाउन र रिटेन्शन दर बढाउने नीति र कार्यक्रमहरु अबलम्बन गर्दै जाने पनि घोषणापत्रमा उल्लेख छ । 

द्रूत गतिमा विकास भइरहेको प्रविधि, भूमण्डलीकरण र विश्व परिवेशमा विकसित हुँदै गरेको आर्टिफिशल इन्टेलिजेन्स, रोबोटिक्स, स्वचालनको उपभोग मात्र गर्ने हैन, तिनको विकास र निर्माणमा सहभागी हुन सक्ने शिक्षाको जग बसाउन कांग्रेसको नेतृत्वका सरकारहरूले समानान्तर रुपमा प्राथमिकतामा राख्ने घोषणापत्रमा जनाइएको छ । 

शिक्षा क्षेत्रमा सिकाई केन्द्रित विद्यालय, जवाफदेही प्रणाली, सबल नेतृत्व, उत्प्रेरित शिक्षक, जागरुक अभिभावक, प्रतिबद्ध कर्मचारी र स्रोतको उपलब्धतामा कांग्रेसले जोड दिने घोषणापत्रमा उल्लेख छ । 

हरेक स्थानीय तहमा एउटा सुविधा सम्पन्न उत्कृष्टताको केन्द्रको रूपमा कम्तीमा एउटा ‘अगुवा विद्यालय’ स्थापना गर्ने र विद्यालय शिक्षामा हाल रहेको उच्च विद्यालय छाड्ने दरलाई कम्तीमा २० प्रतिशतले घटाउने कांग्रेसले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १७:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया