डायबिटिजका बिरामीले फलफूल खाने कि नखाने ?

एजेन्सी– कसैलाई मधुमेह वा डायबेटिज छ भने त्यसले जीवनभर समस्यामा पार्न सक्छ । एकपटक मधुमेह भयो भने यसलाई कन्ट्रोल त गर्न सकिन्छ तर पूरै तरिकाले यसलाई निर्मूल नै चाहिँ पार्न समस्या नै पर्छ । जे होस्, डायबिटिजलाई नियन्त्रणमा लिन शरीरमा चिनीको मात्रा सकेसम्म मिलाउनु पर्छ । र, यसलाई नियन्त्रणमा लिन हामीले खानामा कन्ट्रोल गर्नुपर्छ । 

तर, मधुमेहको समस्या के होइन भने हामीले कुनै एउटा खान पूर्ण रुपमा बन्द नै गर्नुपर्छ । हामीले ध्यान दिनु पर्ने कुरा के हो भने बढी चिनी भएका खानेकुरा वा काइब्रोहाइड्रेट चाहिँ खानु हुँदैन । बरु फाइबरयुक्त खानेकुरालाई प्राथमिकता दिनुपर्छ । तर, काब्रोहाइड्रेट भएका खानेकुरा छोड्नै पर्छ भन्ने होइन । जस्तै, आलु खान मन हुनेहरुले आलु खाँदा त हुन्छ तर त्यसलाई मज्जाले सलादहरुसँग खानुपर्छ । 

तर, कहिलेकांही सोधिन्छ– मधुमेहको समस्या भएका व्यक्तिहरु फलफूल खान त सक्छन् । तर, के उनीहरुले फलफूलको जुस पनि पिउनुहुन्छ ? यसको सरल जवाफ हो– हुँदैन । फलफलूलको जुसमा चिनीमात्र हुने भएकाले पनि यस्तो गर्नु हुँदैन । सुगर ब्यालेन्स गर्न त्यसमा फाइबर केही पनि हुँदैन । त्यसैले पनि मधुमेह भएका व्यक्तिहरुले जुस भन्दा फलफूलमा नै बढी जोड दिनुपर्छ ।

तर, केही फलफूल खाँदा पनि मात्रालाई ध्यान दिनुपर्छ । जस्तो कि अंगुर खाँदा एक मुठी अंगुरको आधाभन्दा धेरै खानु हुँदैन । त्यस्तै, तरबुजा पनि २ स्लाइसभन्दा धेरै खानु हुँदैन । आँप पनि मधुमेह भएका व्यक्तिहरुलाई ठिक हुँदैन । चिकित्सकहरु त दिनमा एक स्लाइसभन्दा धेरै आँप खान नहुने बताउँछन् ।

मधुमेह हुनेहरुले अर्को खानै नहुने फलफूल भनेको केरा हो । उनीहरुले केराको मात्रा अत्यन्त कम खानु पर्ने हुन्छ । दिनमा एउटा केराको आधा मात्र खाँदा उनीहरुलाई फाइदा हुन्छ । 





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १८:४९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया