दैलेखका ९ पालिकामा एमालेले को-कोलाई बनायो उम्मेदवार ?
बाँकी २ पालिकाका उम्मेदवार केन्द्रले तोक्ने
फाइल तस्वीर

दैलेखका ११ मध्ये नौ स्थानीय तहमा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगाएको छ । 

एमालेले नारायण नगरपालिकाको मेयरमा लोमन शर्मा, उपमेयरमा तप्ताकुमारी थापा, दुल्लू नगरपालिका मेयरमा रुद्रबहादुर शाही, उपमेयरमा रेणुका भट्टराई, चामुण्डा विन्द्रासैनी नगरपालिका मेयरमा सूर्यबहादुर शाही, उपमेयरमा नन्दा विष्टलाई उम्मेदवार बनाएको छ ।

यस्तै, जिल्लाको ठाटिकाँध गाउँपालिका अध्यक्षमा लक्ष्मीदेवी शाह, उपाध्यक्षमा देवीराम बडुवाल, महाबु गाउँपालिकामा अध्यक्षमा हरिप्रसाद उपाध्याय, उपाध्यक्षमा दूर्गाकुमारी सिंह, नौमुले गाउँपालिका अध्यक्षमा शशिराम विक, उपाध्यक्षमा गीता चन्द उम्मेदवार छन् ।

यसैगरी, डुंगेश्वर गाउँपालिका अध्यक्षमा सुन्दर केसी, उपाध्यक्षमा कलावती न्यौपाने, गुराँस गाउँपालिका अध्यक्षमा टोपबहादुर बिसी, उपाध्यक्षमा शिवाकुमारी खड्का र भगवतीमाई गाउँपालिका अध्यक्षमा शान्तिप्रसाद शर्मा, उपाध्यक्षमा वशन्ता शाही उम्मेदवार छन् ।

साथै, जिल्लाका ११ स्थानीय तहमध्ये आठबीस नगरपालिका र भैरवी गाउँपालिकामा भने उम्मेदवार टुंगो लाग्न सकेको छैन । यी दुईवटै पालिकाका आकांक्षीलाई टिकटका लागि पार्टी केन्द्रीय कार्यालयमा निर्णयार्थ पठाएको दैलेख एमालेले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १८:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया