भक्तपुरमा सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनका लागि भागबण्डामा सहमति भएको छ ।
आइतबार भएको सहमतिअनुसार तीन वटा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हुने छन् ।
साथै तीनमध्ये दुई वटा नगरपालिकाको उपमेयर नेकपा एसलाई र एउटा उपमेयर नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको हो ।
मध्यपुर थिमि, सूर्यविनायक र भक्तपुर नगरपालिकाको मेयर कांग्रेसलाई दिने सहमति गठबन्धनमा भएको छ ।
भक्तपुर र सूर्यविनायकको उपप्रमुख एसलाई र मध्यपुरको उपप्रमुख माओवादीलाई दिने गठबन्धनमा सहमति भएको हो ।
जिल्लाका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिका बाहेकका अन्य तीन वटा नगरपालिकाहरूमा मात्र गठबन्धनबीच सहमति भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।