भोलिको मनोनयनअघि तालमेलको अधिकतम कोसिस गर्ने गठबन्धनको निर्णय
फाइल तस्वीर

पाँच दलीय गठबन्धनले सोमबारको मनोनयन अघिसम्म स्थानीय तहको सिट बाँडफाँट मिलाउन अधिकतम कोसिस गर्ने निर्णय गरेको छ । 

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले भोलिको उम्मेदवारी मनोनयन अघिसम्म तालमेलको अधिकतम प्रयास गर्ने निर्णय गरेको हो ।

केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति तल्लो तहका कार्यान्वयन नभएपछि आइतबार साँझ सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका थिए । 

तल्लो तहमा केन्द्रले गरेको सहमति कार्यान्वयन नहुँदा सत्ता गठबन्धनमा रहेका दलहरूबाट मनोनयन दर्ताको पहिलो दिन उम्मेदवारी दर्ता हुन सकेन ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार आइतबारको बैठकले पाँच दलीय गठबन्धन बाहिर तालमेल नगर्ने र भोलि मनोनयन अघिसम्म बाँडफाँट मिलाउन अधिकतम कोसिस गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार भोलि बिहान ८ बजे सत्ता गठबन्धनका दलका अध्यक्षहरूको बैठकले बाँकी रहेका विषय मिलाउने निर्णय भएको छ । त्यस्तै, विगतका समझदारीलाई सबै पक्षले इमानदारीका साथ पालना  गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार २१:२१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया