इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित हात पारेको छ । मर्सिसाइड डर्बीमा घरेलु टोल लिभरपुलले एभर्टनविरुद्ध २–० को जित हात पारेको हो ।
गएराति इनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक/एक गोल गरे ।
खेलको ६२ औं मिनेटमा रोबर्टसनले लिभरपुललाई अग्रता दिलाएका थिए । ८५ औं मिनेटमा ओरिगीले गोल गर्दै घरेलु टोलीलाई २–० को सहज जित दिलाए ।
यो जितसँगै उपाधि होड कायम राखेको लिभरपुल ३३ खेलमा ७९ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित एभर्टन ३२ खेलबाट २९ अंकका साथ १८ औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा चेल्सीले वेस्टह्याम युनाइटेड तथा बर्नेलीले उल्भ्समाथि समान १–० को जित हात पार्दा ब्राइटन र साउथह्यामटनले २–२ को बराबरी खेले ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।