स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा बार्सिलोना पराजित भएको छ । घरेलु टोली बार्सिलोना रायो भ्यालेकानोसँग १–० ले पराजित हुन पुगेको हो ।
क्याम्प नोउमा भएको खेलमा सातौं मिनेटमा अल्भारो गार्सिया रिभेराले गरेको एक मात्र गोल पाहुना टोलीलाई जित दिलाउन पर्याप्त बन्यो ।
हारका बाबजुद बार्सिलोना ३३ खेलमा ६३ अंक जोडेर दोस्रो स्थानमा कायमै छ । जित निकालेको भ्यालेकानो समान खेलबाट ४० अंकका साथ ११ औं स्थानमा उक्लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।