तालमेलमा समस्या आयो, प्रतिगमनलाई मद्दत पुग्न सक्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्ने बताए ।  

‘कतिपय जिल्लाहरूमा चुनावी तालमेलका लागि सहमति कायम हुन सकेका छैनन् र त्यसबारे कैयौँ असमझदारी उत्पन्न हुने गरेका छन् । यदि, त्यो कारणले पाँच दलीय तालमेलमा केही कमजोरी देखापर्‍यो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्नेछ र त्यसका कैयौँ दूरगामी राजनीतिक दुष्परिणाम हुने छन् । जसका लागि त्यसले ठूलो मूल्य चुकाउनु पर्नेछ,’ सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष केसीले भनेका छन् ।

उनले जनमोर्चालाई एउटा पनि महत्वपूर्ण नगरपालिका नदिएको भन्दै गुनासो पनि गरेका छन् । गठबन्धन दलको बैठकमा भने यसअघि कुनै एउटा महत्वपूर्ण नगरपालिका जनमोर्चालाई दिने सहमति भएको उनको दाबी छ । तर, पछिल्लो समय पटक पटक बसेको बैठकमा पनि गठबन्धनका अन्य दलहरूले दिन वास्तै नगरेको अध्यक्ष केसीको दुःखेसो छ ।  





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार ९:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया