डडेल्धुरामा माओवादीले टुङ्ग्यायो उम्मेदवार, कुन पालिकामा को ?

सत्ता गठबन्धन दलबीच सहमति हुन नसकेपछि नेकपा (माओवादी केन्द्र) डडेल्धुराले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । माओवादीले दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटै स्थानीय तह प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको हो ।

माओवादीले परशुराम नगरपालिकाको मेयरमा शेरसिंह माल ‘डायमण्ड’ र उपमेयरमा विमला महतालाई उम्मेदवार बनाएको छ । माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्षसमेत हुन् । उनी ०७४ को चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग पराजित भएका थिए ।

माओवादीले आलिताल गाउँपालिका अध्यक्ष पदका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी बोहरा रावललाई उम्मेदवार बनाएको छ । भागेश्वर गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद पाण्डेय र उपाध्यक्षमा गीता भट्टलाई उम्मेदवार बनाइएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले जानकारी दिए । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाको मेयरमा लक्ष्मण सिंह र उपमेयरमा शशी अवस्थीलाई उम्मेदवार बनाइएको छ । 

अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार माओवादीले दोहोर्‍याएको छ । माओवादीले अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडलाई पुनः उम्मेदवार बनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा भट्ट र भाड क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै, माओवादीले नवदुर्गा गाउँपलिकाको अध्यक्ष पदका लागि धर्मदेव विक र उपाध्यक्षमा बिष्ना बोहरा तथा गन्यापधुरा गाउँपालिका उपाध्यक्षमा चन्द्रबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । त्यहाँ अध्यक्षको उम्मेदवार भने माओवादीले टुङ्ग्याएको छैन । 





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १०:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया