एमालेबाट सागर थापाले कसरी मारे विराटनगर मेयर उम्मेदवारको बाजी ?

नेकपा एमालेले विराटनगर महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । महानगरको मेयरका लागि एमालेले सागर थापालाई अगाडि सारेको छ भने उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ ।

यसअघि एमाले १ नम्बर प्रदेश कमिटीले मेयरका आकांक्षीको सूचीमा थापाको नामलाई एक नम्बरमा राखेको थियो । त्यस्तै, जीवन घिमिरे, पर्शुराम बस्नेतलगायतको नाम पनि मेयरका आकांक्षीमा राखिएको थियो । 

तर, एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विनोद ढकालनिकट मानिने थापालाई नै मेयरकोे उम्मेदवार बनाइन्छ भन्ने पहिलेदेखि नै चर्चा चलेको थियो । त्यही चर्चा अहिले प्रमाणित भएको हो । 

प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्यले समेत विराटनगरमा मेयरको आकांक्षा राखेका थिए । तर, एमालेले प्रदेश १ मा प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार भइसकेका व्यक्तिलाई मेयर नबनाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको हो ।

अब विराटनगरको मेयरमा सागर थापाको कांग्रेसका मेयर उम्मेदवारसँग प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको भागवण्डामा विराटनगरको मेयर नेपाली कांग्रेसलाई परेको छ । तर, अहिलेसम्म कांग्रेसले त्यहाँका उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १०:५७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया