ललितपुरमा चिरिबाबुलाई नै दोहोर्‍याउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै दोहोर्याउने निर्णय गरेको छ । ललितपुरमा कांग्रेसबाट मेयरका उम्मेदवारमा चिरिबाबुलाई दोहोर्‍याउने निर्णय पार्टी सभापति शेरबहादुर देउवाले गरेका हुन् ।

महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।

मेयरमा प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनले दाबी गरेका थिए । यसअघि चिरिबाबुले पनि आफू मेयरमा दोहोरिने चाहना प्रकट गर्दै आएका थिए । 

ललितपुरमा सत्ता गठबन्धनले मेयरमा कांग्रेसका लागि भागवण्डा गरेको थियो । तर, ललितपुरका अन्य स्थानीय तहमा पनि आफूहरुलाई सम्मानजनक साथ नदिएको भन्दै नेकपा एकीकृत समाजवादीले यसको विरोध गर्दै आफ्नै छुट्टै उम्मेदवार घोषणा गरेको छ ।





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार ११:३६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया