प्रदेशबाट पहिलो श्रम स्वीकृति : जनकपुरबाट कतारको लागि, बुटवलबाट मलेसियाको लागि

काठमाडौं– आइतबारबाट प्रदेश २ र ५ बाट पनि वैदेशिक रोजगरीमा जानका लागि श्रम स्वीकृति लिन पाइने भएको छ । आइतबार प्रदेश २ बाट पहिलोे श्रम स्वीकृति एमडी जिलानी मोमिनले कतार जानका लागि लिए । यस्तै, बुटवलबाट पहिलो श्रम स्वीकृति वीरबहादुर माझीले मलेसियाको लागि लिए ।

यसअघि, काठमाडौंको वैदेशिक रोजगार विभागबाट मात्रै श्रम स्वीकृति दिने गरिएको थियो । 

जनकपुरबाट मोमिनले कतारमा लेबरको रुपमा काम गर्न जानका लागि श्रम स्वीकृति पाएका छन् । उनले प्रतिमहिना १४ सय रियाल तलबमा श्रम सम्झौता गरेका हुन् ।

यस्तै, बुटवलबाट माझीले मलेसियामा फ्याक्ट्री वर्करको लागि श्रम स्वीकृति पाएका छन् । श्रम स्वीकृतिमा उनको तलब १२ सय रिंगेट तोकिएको छ ।

सरकारले संघीय प्रणालीअनुसार सातै प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउन लागेको बताएको छ । त्यसैको प्रक्रियास्वरुप पहिलो चरणमा दुई प्रदेशमा सेवा विस्तार गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।

अब प्रदेशबाटै श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीका लागि आवश्यक सेवाहरु प्रदान गर्ने मन्त्रालयले जनाएको छ । 
 





  • प्रकाशित मिति : पुस १५, २०७५ आइतबार १७:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया