आइतबार मात्रै लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरि तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेकी नेतृ विभा ठाकुरले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा मनोनयन दर्ता गरेकी छन् ।
मधेस आन्दोलनको अग्रणी भूमिकामा रहेकी जनकपुरधामकी लोकप्रिय नेतृ विभा ठाकुरले नगरप्रमुखमा उम्मेदवारी दर्ता गरेसँगै महिला नगरप्रमुखको उम्मेदवार संख्या तीन पुगेको हो ।
जनमत पार्टीबाट अनिता साह, नेकपा मसालबाट गीता कुमारी मण्डल र तमलोपाबाट विभा ठाकुर जनकपुरधामको मेयरको उम्मेदवार बनेकी हुन् ।
नेतृ ठाकुरले लोसपाभित्र एकलौटी निर्णय गर्ने परम्परा नै हावी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गर्दै तमलोपाबाट उम्मेदवारी दिएको बताइन् ।
उनले महिलालाई नेतृत्व सम्हालने अवसर प्राप्त भए निश्चय नै नगरभित्र नयाँ परिवर्तन हुनसक्ने दाबी गरिन । ठाकुरले आफ्नो जीत सुनिश्चित रहेको बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।