नेप्से परिसूचक ३४.९५ अंकले गिरावट
फाइल तस्वीर

साताको दोस्रो दिनको कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

आइतबारको कारोबारमा करिब १०० अंकले बढेको नेप्से सोमबार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २३९ कम्पनीको ५० लाख ४७ हजार कित्ता शेयर २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत गिरावट आएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ । जमिा होटल तथा पर्यटन ०.१३ प्रतिशत र म्युचुअल फण्ड ०.८२ प्रतिशतले बढेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत र विकास बैंक उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ । बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको शेयरमूल्य ५.३३ प्रतिशत घटेको छ । रसुवागढी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सामलिङ्ग पावर, हिमालयन उर्जा विकास कम्पनी र गोर्खाज फाइनान्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ८ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । शिवम् सिमेन्ट्को ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १८:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया