डोल्पाको शे फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एकल मनोनयन परेपछि स्थानीय तहको अध्यक्षमा नेकपा एमालेले खाता खोलेको छ । त्यहाँ एमालेका धावसम्डुक गुरुङ निर्विरोध भएका हुन् ।
नेकपा एमालेका डोल्पाका उपसचिवसमेत रहेका गुरुङसँगै गाउँपालिकाको ९ वडामध्ये ६ वडामा नेकपा एमालेका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् ।
योसँगै उनीहरु निर्विरोध भएका छन् ।
निर्वाचन आयोगले यसको आधिकारिक सूचना प्रकाशन गर्न भने बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।