धनगढीको प्रमुखमा तीन स्वतन्त्रसहित १० र उपप्रमुखमा सात जनाको उम्मेदवारी

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा तीन जना स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ । यस्तै उप–प्रमुखमा सात जनाको उम्मेदवारी परेको छ ।

वैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनका नगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेकपा(एमाले) बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्माको उम्मेदवारी परेको छ । 

त्यस्तै, सचेत नेपाली पार्टीबाट भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरी, जनता समाजवादी पार्टीबाट बविन्द्र ऐर, राष्ट्रिय जनमोर्चा पार्टीबाट अञ्जना श्रेष्ठ तथा स्वतन्त्रबाट व्यवसायी गोपाल हमालको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

यस्तै, गरी उद्धवराज पन्त र मदनकृष्ण भट्ट (मुकुन्द) ले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

त्यस्तै गरी, उपप्रमुखमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ शान्ति अधिकारी, एमालेबाट कन्दकला राना, राप्रपाबाट दुर्गा दत्त पन्त, नेपाल परिवार दलबाट विष्णुकुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट सावित्रा चौधरी, विवेकशील साझा पार्टीबाट विमलाकुमारी पन्त र स्वतन्त्रमा नेपाली कांग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् । 

यहाँ मुख्य गरी नेपाली कांग्रेसका नृप वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच प्रतिस्पर्धा हुने दखिएको छ । २०७४ को निर्वाचनमा पनि नृप वड र गोपाल हमालबीच नै कडा प्रतिस्पर्धा भएको थियो ।





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार २०:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया