अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्‍यास लिने चिलिनीको घोषणा

इटालियन राष्ट्रिय फुटबल टोलीका कप्तान तथा डिफेन्डर जर्जियो चिलिनीले आफ्नो अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्‍यास लिने घोषणा गरेका छन् । 

३७ वर्षीय चिलिनीले आगामी जुनमा वेम्बली स्टेडियममा हुने इटाली र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेल नै आफ्नो अन्तर्राष्ट्रिय करिअरको अन्तिम हुने बताएका हुन् ।

‘वेम्बलीको खेलपछि राष्ट्रिय टोलीबाट  विश्राम लिनेछु,’ चिलिनीले भनेका छन् । उनको कप्तानीमा इटालीले युरो २०२० को उपाधि जितेको थियो । तर, टोली कतार विश्वकपमा भने छनोट हुन सकेन ।

चिलिनीले इटालीका लागि ११६ खेल खेल्दा आठ गोल गरेका छन् । उनले २००४ मा फिनल्याण्डविरुद्धको खेलबाट सिनियर टोलीका लागि डेब्यु गरेका थिए । 





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार ७:३५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया