बसन्तपुरमा फोटो प्रदर्शनी [तस्बिरहरू]

९५ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा खुल्ला फोटो प्रदर्शनी गरिएको छ । पिजे क्लब र नेपाल फोटो पत्रकार मञ्चले मंगलबार बसन्तपुरमा गरिएको प्रदर्शनीमा फोटो पत्रकारले पत्रकारिता गर्दैगर्दा भोगेका दुःख र जोखिमहरूलाई अभिव्यक्त गर्ने किसिमका ३० वटा फोटो राखेका छन् । फोटो प्रदर्शनीको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सयुक्तरूपमा उद्घाटन गरे । फोटो प्रदर्शनी अवलोकनका लागि यही ३० वैशाखमा हुन लागेको स्थानीय चुनावमा काठमाडौंको मेयर पदमा उठेकी कांग्रेस उम्मेदवार सिर्जना सिंह पनि बसन्तपुर पुगेकी थिइन् । ‘लेन्सबाट फोटो पत्रकारिता’ मूल नाराका साथ गरिएको फोटो प्रदर्शनीका लागि नेपाल पत्रकार महासंघ र सेन्टर फर मिडिया रिसर्च नेपालले सहयोग गरेका छन् । प्रदर्शनी आज अपरान्ह ५ बजेसम्म चल्नेछ । 

तस्बिरमा फोटो प्रदर्शनी :





 

  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १३:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया