नमिताको शब्द र केशवको स्वरमा 'भन को थियो' सार्वजनिक

न्यूजिल्याण्डमा रहेकी कवियत्री, गीतकार एवं गजलकार नमिता दवाडीको शब्दमा रहेको गजल गीत 'भन को थियो' को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेन्टिमेन्ट भर्सनको यस गीतमा स्वर गायक केशव भावुकको रहेको छ भने संगीत लोकप्रिय संगीतकार हरि लम्सालको रहेको छ।

यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। दीपक गिरीले छायाँकन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा जीबी चिरन, अस्मिता जुरेली र दिनेश सुनार फिचर्ड छन्। सुशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो।  

गीतकार दवाडीको युट्युव च्यानल 'नमिता दवाडी' मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार दवाडीको शब्दमा समावेश 'म मजदुर मायाको' बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबै दर्शक, श्रोतालाई आग्रह गरेको छ।  

भिडियो





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १५:५१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया