वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुर जिल्लाका १० वटै स्थानीय तहमा विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा पालिका प्रमुख/उपप्रमुखसहित सदस्य पदका लागि जम्मा १ हजार ४ सय ४२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । १० वटा पालिकामा प्रमुख र उपप्रमुखको लागि मात्रै जिल्लामा १ सय ३२ उम्मेदवारी दर्ता भएको पाइएको छ ।
हेटौंडा उपमहानगरपालिका
स्थानीय तह निर्वाचन-२०७९ को लागि हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा २१ र उपमेयर पदमा ११ जनाको मनोनयन दर्ता गराएका छन् । मेयर पदका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अनन्तप्रसाद पौडेल, एकीकृत समाजवादीबाट मीना कुमारी लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, जनता समाजवादी पार्टी, नेपालका तर्फबाट दीपा लामा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट संजीव खराल, नेपाल मजदुर पार्टीबाट रमेश मान सिंहले मनोनयन दर्ता गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेलिनवादीबाट केशव घर्ती, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्दप्रसाद आचार्य, मौलिक जरोकिलो पार्टीबाट सृजना बर्तौला, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, एकीकृत समाजवादीबाट रोमनाथ भूर्तेल, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराईले मनोनयन दर्ता गरेका छन् ।
यस्तै, मेयर पदका लागि ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । संजय खरेल, सुरक्षा रिजाल, पुरुषोत्तम रुपाखेती, कविराज पाठक, प्रदिप ढकाल, देवराज पौडेल, लिला कुमारी आचार्य, विश्वनाथ पाण्डे, उत्तम कुमार दुलालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी, उपमेयरमा ९ जनाको उम्मदवारी परेको छ । उपमेयरमा नेकपा एमालेबाट उपप्रमुख सुमित्रा काफ्ले, नेपाली कांग्रेसबाट राजेश बानियाँ, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मखकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेपाल कम्युनिस्ट पार्टी मालेबाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा, राप्रपाबाट इन्दिरा न्यौपाने र स्वतन्त्रबाट सुरज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
थाहा नगरपालिका
जिल्लाको थाहा नगरपालिकाको प्रमुख पदमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । थाहा नगरको मेयरका लागि नेपाली कांग्रेस (बिपी)का वीरबहादुर भोम्जन, मंगोल नेशनल अर्गनाइजेशनका राजकुमार गोले, नेकपा एमालेका अच्युतमप्रसाद ढकाल, नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विष्ट, राष्ट्रिय जनमोर्चाका शुभराज गोले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बसुन्धरा पुडासैनीको उम्मेदवारी दर्ता भएको हो ।
त्यस्तै पालिका उपमेयरका लागि २ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । जसमा नेकपा एमालेबाट कल्पना बलामी र नेपाली कांग्रेसबाट भरत गोपालीको उम्मेदवारी परेको हो ।
बकैया गाउँपालिका
स्थानीय निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदको लागि ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिका अध्यक्ष पदमा ८ जना र उपाध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
सत्तारुण दल ५ दलीय गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) ले आ–आफ्नै दाबीसहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र १२ वटै वडाहरुमा वडा अध्यक्षको दाबी गर्दै उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्ष पदको लागि नेकपा एमालेबाट सरला बोलखे, नेपाली कांग्रेसबाट धर्म लामिछाने, नेकपा माओवादी केन्द्रबाट लक्ष्मी माझी, नेकपा मालेबाट कुमारबहादुर संजेल, नेकपा (एकीकृत समाजवादी) बाट नारायण तिमल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रामप्रसाद दाहाल, जनता समाजवादी पार्टीबाट मान बहादुर माझी र स्वतन्त्रबाट कृष्ण घिमिरेले उम्मेदवारी दिएका छन् ।
यसैगरी, उपाध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका लागि एमालेबाट लालबहादुर स्याङ्तान, कांग्रेसबाट छाया अधिकारी, माओवादीबाट भक्तबहादुर खत्री, राप्रपाबाट सावित्री राई, जसपाबाट मिरा वाइवा, एकीकृत समाजवादीबाट उर्मिला राईले उम्मेदवारी दिएका छन् ।
इन्द्रसरोवर गाउँपालिका
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा स्थानीय तहको निर्वाचनको लागि अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
एकीकृत समाजवादीबाट जीवन लामा, स्वतन्त्रबाट कुन्साङ लामा, त्यस्तै, स्वतन्त्रकै अर्का उम्मेदवार दीपककुमार ठकुरी, नेकपा एमालेबाट देवकृष्ण पुडासैनी, जनता समाजवादीबाट देबकुमार लामा, नेपाली कांग्रेसबाट विश्वलाल लामा र राप्रपाबाट सुकबहादुर लामाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय इन्द्रसरोवरले जनाएको छ ।
त्यस्तै, उपप्रमुखको लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट उमाकुमारी लामा, नेपाली कांग्रेसबाट निर्मला रुम्बा, जसपाबाट रस्मिला घिसिङ र स्वतन्त्रबाट कमलबहादुर घिसिङको उम्मेदवारी दर्ता भएको छ ।
मनहरि गाउँपालिका
आसन्न स्थानीय तहको निर्वाचनको लागि गाउँपालिका अध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्ष पदमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षमा एकिकृत समाजवादीबाट नारायण श्रेष्ठ, नेपाली कांग्रेसबाट रञ्जन कालाखेती, नेकपा एमालेबाट एकराज उप्रेती, नेपाली कांग्रेस (बिपी)बाट शंकर न्यौपान, जसपाबाट गब्रेल प्रजा, राप्रपाबाट चन्द्रबहादुर पौडेल, सचेत नेपाली पार्टीबाट नवराज आचार्य र स्वतन्त्रबाट साधुराम अधिकारी, रामप्रसाद कालाखेती, साधुराम पोख्रेल र श्यामकृष्ण बर्तौला रहेका छन् ।
यस्तै, उपाध्यक्ष पदका लागि एकीकृत समाजवादीबाट मनिला विष्ट, नेकपा माओवादी केन्द्रबाट मीना पुलामी मगर, नेकपा एमालेबाट सुजिता थिङ, राप्रपाबाट मायाकुमारी न्यौपान, नेकपा (मार्क्सवादी लेनिनवादी)बाट शिवहरी उप्रती, नेपाली कांग्रेस (बिपी)बाट जानुकी लामा र स्वतन्त्रबाट भूमिनन्दन अर्जेल क्षेत्री रहेका छन् ।
कैलाश गाउँपालिका
आसन्न स्थानीय तहको निर्वाचनको लागि कैलाश गाउँपालिकाको अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीबाट टंक मोक्तान, नेकपा एमालेबाट नररेन्द्रलाल रिजाल, नेपाली कांग्रेसबाट लोकबहादुर मोक्तान, राप्रपाबाट सन्तबहादुर रुम्बा र नेपाल मजदुर किसान पार्टीबाट सन्तमाया बुढाथोकीले कैलाश गाउँपालिकाका अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै, उपाध्यक्षको लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुकुमाया थिङ, राप्रपाबाट पार्वती लामा, माओवादी केन्द्रबाट बालकुमार मल्ल र स्वतन्त्रबाट श्यामकुमार उप्रेतीको उम्मेदवारी दर्ता भएको छ ।
मकवानपुरगढी गाउँपालिका
स्थानीय तह निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट विदुर हुमागाई, गठबन्धनबाट कांग्रेसका दोर्जे लामा स्याङ्तान, राप्रपाबाट विजय सिंह ठकुरी, मंगोल नेशनल पार्टीबाट युवराज लामा, स्वतन्त्रबाट कृष्णप्रसाद कंडेल र युवराज तिमल्निाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, उपाध्यक्ष पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट सन्तु थिङ, गठबन्धनबाट माओवादी केन्द्रका मानकुमारी पाख्रीन, राप्रपाबाट हिरादेवी हुमागाईंले उम्मेदवारी दर्ता गराएका छन् ।
भीमफेदी गाउँपालिका
जिल्लाको भीमफेदी गाउँपालिकामा आसन्न स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट हिदम लामा, राप्रपाबाट सुन्दर कुवँर, मंगोल अर्जनाइजेसनबाट विक्रम थिङ, बद्री स्याङतान माओवादी केन्दबाट र स्वतन्त्रबाट दीपक पुडासैनीले गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै, उपाध्यक्षको लागि ३ जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट पार्वती राना, नेपाली कांग्रेसबाट संजीव श्रेष्ठ र राप्रपाबाट सानुमैया भुलुले उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
राक्सिराङ गाउँपालिका
मकवानपुरको राक्सिराङ गाउँपालिकामा अध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि मंगोल नेशनल अर्जनाइजेसनबाट युनिस मोक्तान, जसपाबाट यस कुमार प्रजा, नेकपा एमालेबाट बाबुलाल स्याङ्तन, नेपाली कांग्रेसबाट राजकुमार मल्ल र नेकपा एकीकृत समाजवादीको तर्फबाट कृष्णबहादुर प्रजाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, स्वतन्त्रबाट समाज लामा थिङ र हस्तबहादुर मोक्तानले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, उपाध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षका लागि नेकपा एमालेबाट सुन्तली माया प्रजा, नेकपा माओवादी केन्द्रबाट वनस्तम थिङ र नेकपा एकीकृत समाजवादीका तर्फबाट मिलनकुमारी तामाङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, स्वतन्त्रबाट निर्मला डिमडुङले उम्मेदवारी दर्ता गराएकी छन् ।
बागमती गाउँपालिका
मकवानपुरको बागमती गाउँपालिकामा अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट खेमराज जर्गा मगर, नेकपा माओवादी केन्द्रबाट सर्केश घलान, राप्रपाबाट डिलबहादुर बल, मंगोल नेशनल अर्गनाइजेसनबाट कवीर सिंह गोल, र सचेत नेपाली पार्टीबाट सोमबहार योञ्जनले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि तीन जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट ज्ञान सागर लामा, प्रशान्त सञ्जेल र शंकर कुमार पराजुलीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, उपाध्यक्षका लागि स्वतन्त्रबाट वीरेन्द्र गोले र बच्चु गोले खड्काले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेपाली कांग्रे्रेसबाट फणिन्द्र तिमल्सिना, नेकपा एमालेबाट धन माया स्याङ्तान र जन जागरण पार्टी नेपालका तर्फबाट राजमान राईले उम्मेदवारी दर्ता गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।