विराटनगर महानगरको उपमेयर उम्मेदवार एमालेकी कार्कीविरुद्ध उजुरी
फाइल तस्वीर

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मोरङको विराटनगरमा एक जना उम्मेदवारविरुद्ध दाबीविरोधको उजुरी परेको छ । नेकपा एमालेका तर्फबाट विराटनगर महानगर उपमेयरमा उम्मेदवारी दिएकी शिल्पा कार्कीविरुद्ध दाबीविरोधको उजुरी परेको हो ।

कार्कीविरुद्ध मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जनता समाजवादी पार्टीका उपमेयर उम्मेदवार अरमेन्द्र यादवले उजुरी दिएका हुन् । उनले लाभको पदमा रहँदारहँदै उपमेयरमा उम्मेदवारी दिएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन् । 

कार्की विराटनगरस्थित कोशी अस्पतालको सञ्चालक समितिको सदस्य कायम रहँदारहँदै महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको यादवले उजुरीमा उल्लेख गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थानीय तहको निवार्चनका लागि आइतबार र सोमबार भएको मनोनयनका क्रममा विराटनगर महानगरपालिकामा प्रमुख र उपप्रमुखसहितका पदका लागि ७५४ उम्मेदवारी परेको छ । 





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १९:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया