ललितपुर महानगर प्रमुख उम्मेदवार चिरिबाबुविरुद्ध बेरुजु फर्छ्यौट नगरेको भन्दै उजुरी

सत्ता गठबन्धनबाट ललितपुर महानगरपालिका मेयरमा उम्मेदवारी दिएका चिरिबाबु महर्जनविरुद्ध उजुरी परेको छ । उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उजुरी परेको हो ।

महर्जनविरुद्ध ललितपुर- १८ का स्थानीय गोपाल डंगोलले दाबीविरोध हालका हुन् । उनले हालेको दाबीविरोधमा मेयर महर्जनले आफ्नो कार्यकालको २ अर्ब १५ करोडभन्दा बढी बेरुजु फर्छ्यौट नगरेको उल्लेख छ ।

डंगोलले बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको भन्दै उनको उम्मेदवारी रद्द हुनुपर्ने माग गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिँदा बहालवाला पदबाट राजीनामाका साथै बेरुजु फर्छ्यौट गर्नुपर्ने प्रावधान रहेको छ । 





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार २०:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया