ससुरा बुहारी फरक राजनीतिक पार्टीबाट उम्मेदवार, श्रीमानश्रीमती प्रमुख र उपप्रमुखका दाबेदार
फरकधार / १३ बैशाख, २०७९

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ससुरा बुहारी र श्रीमान–श्रीमतीसमेत उम्मेदवार बनेका छन् । बर्दियाको गेरुवा गाउँपालिकाको उपाध्यक्षमा बुहारी र वडाध्यक्षमा ससुरा उम्मेदवार बनेका हुन् । 



तर, उनीहरु दुवै जना फरक फरक पार्टीबाट उम्मेदवार बनेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट ३ नम्बर वडाको अध्यक्षमा बलबहादुर थारु उम्मेदवार बनेका छन्, गेरुवाकै उपप्रमुखमा चाहिँ कांग्रेसबाट उनकी बुहारी लक्ष्मीकुमारी चौधरी उम्मेदवार बनेकी छिन् ।



अर्कोतिर राजापुर नगरपालिकामा एउटै पार्टीबाट श्रीमान र श्रीमती प्रमुख र उपप्रमुखको उम्मेदवार पनि बनेका छन् । राप्रपाबाट नगरपालिका प्रमुखमा राममणि उपाध्यायले उम्मेदवारी दिएका हुन् भने उनकी श्रीमती सम्झनाले उपप्रमुखमा ।



  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार २०:१३:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया