एजेन्सी– लिंकन कार कम्पनी कन्टिनेन्टल कारमा ‘सुसाइड डोर’ फेरि सार्वजनिक गरिने भएको छ । यसमा कारको पछाडि ढोका खुल्नेभन्दा छेउबाटै खुल्छ ।
सन् १९६० को दशकमा यस्तो कन्टिनेन्टल कारलाई धेरै नै रुचाइएको थियो । सुरुमा खर्च कम गर्नका लागि अगाडि र पछाडि दुवै ढोकाको हेन्डल एकै ठाउँमा बनाइएको थियो । यस्तै रोल्स रोयस कारको पनि ढोका यस्तै बनावटमा रहेको छ ।
कन्टनेन्टल कारको बिक्री घट्दा सन् २००२ मा यसको उत्पादन बन्द गरियो । तर सन् २०१६ मा लिन्कन फोर्डको सहायकको रूपमा फेरी बजारमा ल्याइयो ।
फोर्डका संस्थापक हेनरी फोर्डका छोरा एडसेलले निजी प्रयोगका लागि सन् १९३९ मा कन्टिनेन्टल कार बनाउन लगाएका थिए । उनका साथीहरूले पनि उक्त कारको माग गर्दा केही थप कार बनाइएको थियो । त्यसलगत्तै सन् १९६१ मा यसको उत्पादन सुरु गर्न थालियो ।
सुसाइड डोर नाम किन ?
गुडिरहेको कारको ढोका खोल्दा हावाको दबाबका कारण ढोका बन्द गर्न गाह्रो हुने गर्छ । त्यसैले यसको नाम सुुसाइड डोर नाम दिइयो । यसलाई कोच ढोका पनि भन्ने गरिन्छ । यसका लागि कारको लम्बाइ ६ इन्च बढाउनु परेको कम्पनीले जनाएको छ ।
लिंकनसँग अमेरिकी राष्ट्रपति केनेडीको सम्बन्ध
अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीमाथि कन्टिनेन्टलमै गोली प्रहार भएको थियो । उनकी श्रीमती ज्याकलिन केनेडीसँग पनि कन्टिनेन्टल कार थियो । यस्तै, स्पेनिस चित्रकार पाब्लो पिकासोसँग सन् १९६३ मा बनिएको सेतो रङको कन्टिनेन्टल कार थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।