क्याम्पसस्तरीय हाजिरजवाफ प्रतियोगिता गर्दै एनसिआइटी

एनसिआइटी म्यानेजमेन्ट क्लबले यही १८ वैशाखमा स्नातक तहस्तरीय हाजिरजवाफ​ प्रतियोगिता गर्ने भएको छ । ललितपुरको बालकुमारी रहेको नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीको एनसिआइटि म्यानेजमेन्ट क्लबले हाजिरजवाफ प्रतियोगिता गर्न लागेको हो । 

प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरू सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी हुने कलेजलाई मंगलबार आयोजकले अभिमुखीकरण गराएको थियो । 

आयोजक संस्था नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी, व्यवस्थापन विभागअन्तर्गतको एनसिआइटि म्यानेजमेन्ट क्लबका अध्यक्ष जयनमान श्रेष्ठका अनुसार प्रतियोगितामा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त व्यवस्थापन विषय पढाइ हुने क्याम्पसको प्रतिनिधित्व रहनेछ । 

प्रतियोगितामा २० वटा कलेजको सहभागिता रहने कार्यक्रम संयोजक सुदर्शन पंज्ञानीले जानकारी दिए । उनका अनुसार  प्रथम हुने प्रतियोगीले ५१ हजार १ सय र द्वितीय हुनेले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १३:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया