२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

चितवन कांग्रेसका बागी उम्मेदवारलाई फकाउन बालकृष्ण खाँण चितवन जाने

भरतपुर महानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ खतिवडालाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण चितवन जाने भएका छन् । 


सत्तारुढ गठबन्धनको भागवण्डाको आधारमा नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगर परेपछि त्यहाँ गठबन्धनबाट रेनु दाहालले मेयरमा उम्मेदवारी दिएकी छिन् ।



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपकमल दाहाल प्रचण्डपुत्री रेनुलाई मेयरको टिकट दिएपछि असन्तुष्टि जनाउँदै खतिवडाले पनि उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई फकाउन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा खाँण भरतपुर जाने भएका हुन् । 

आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले देशैभर बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।





  • प्रकाशित मिति : १४ वैशाख, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया