२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

गगन थापाको प्रश्‍न - पाँच वर्षे जिम्मा पूरा गर्न नसक्नेलाई फेरि जिम्मा दिने ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण पाँच वर्ष खेर गएको भन्दै जवाफ माग गरेका छन् । उनले बुधबार पत्रकार सम्मेलनमा आयोजना गर्दै नेकपा एमालेले पाएको जिम्मा पूरा गर्न नसकेको आरोप लगाएका हुन् ।


'पाँच वर्षका लागि जिम्मा पाएको एउटा पार्टी जसले आफूले पाएको जिम्मा पूरा गर्न सकेन । जसले आफूले एउटा बस चालएर एउटा पोइन्टबाट अर्को पोइन्टमा पुर्‍याउनुपर्ने ठाउँमा त्यो बस स्टपमा पुर्‍याएपछि देखिस् यसरी ल्याएँ फेरि जिम्मा देऊ अर्को ठाउँमा पुर्‍याउँछु भन्नुपर्ने ठाउँमा आफूले चलाएको बसलाई भिरबाट खसाल्दिएरको छ । डिलबाट खसाल्नेले भन्छ हेर बहादुर भनेको छ । फेरि जिम्मा दिने ? फेरि जिम्मा दिएपछि फेरि डिलबाट खसाल्ने ?' उनले भने ।



उनले घोषणापत्रमा पाँच वर्ष आफूहरूलाई जिम्मा दिन उल्लेख गरिएको बताए । 'पाँच वर्ष हामीलाई जिम्मा दिनुहोस् भन्ने अपिल लिएर हामी जनतामाझ आएका छौँ' उनले भने ।

उनले पार्टीका सिद्धान्तमा नागरिकको स्वतन्त्रता, स्थानीय तलको असल शासन, जवाफदेहिता र पारदर्शिता, सेवा प्रवाह लगायतका विषय समावेश गरेको उल्लेख गरिएको बताए ।





  • प्रकाशित मिति : १४ वैशाख, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया