कुनै पनि परीक्षामा अनावश्यक अनुगमन नगर्न गृह मन्त्रालयकाे आग्रह

विभिन्न विश्वविद्यालय वा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपस्तिका वितरण गर्नुपूर्व एवं परीक्षा अवधिभर अनावश्यक अनुगमन नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ। 

कुनै पनि शैक्षिक संस्थाले लिने परीक्षामा अनावश्यक अनुगमन नगर्न मन्त्रालयले आग्रह गरेको हाे । 

‘कार्यालय प्रयोजनको लागिबाहेक अन्य कुनै पनि प्रकारले तस्बिर वा भिडियो नलिन तथा तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो संख्यामा बाह्य व्यक्तिहरु एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकोले त्यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ । 





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १७:४४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया