सत्ता गठबन्धनले सातै प्रदेशमा गर्ने भनिएको संयुक्त चुनावी सभा रद्द

पाँच दलीय सत्तारूढ गठबन्धनले सातै प्रदेशमा गर्ने भनिएको संयुक्त चुनावी सभा रद्द गरिएको छ । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बुधबार बसेको बैठकले संयुक्त चुनावी सभा गर्ने निर्णयलाई संशोधन गर्ने निर्णय गरेको हो ।

संशोधित निर्णयअनुसार २३ वैशाखमा दिउँसो १ बजे काठमाडौंमा मात्रै चुनावी सभा हुने छ । संयन्त्रका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूले स्थानीय तहमा नै चुनावी सभा गर्न सक्ने निर्णय भएको बताए ।

गत ८ वैशाखमा संयन्त्रको बैठकले १८ वैशाखमा धनगढीबाट चुनावी सभा सुरु गरेर २२ वैशाखमा काठमाडौंबाट समापन गरिने कार्यतालिका तय गरिएको थियो ।





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १९:३१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया