गठबन्धनले सातै प्रदेशमा सभा नगर्ने, वैशाख २३ मा काठमाडौंमा

सत्ता गठबन्धनले सातै प्रदेशमा सभा गर्न यसअघिको निर्णय संशोधन भएको छ । 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले यसअघिको निर्णय संशोधन गरेको हो । 

सभा वैशाख २३ गते दिनको १ बजे काठमाडौंमा गर्ने निर्णय भएको सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त सभालाई गठबन्धनका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने कार्यक्रम छ । अन्य चुनावी सभाहरु आवश्यकताअनुसार गठबन्धनका दलहरुले स्थानीय तहमै गर्ने गरी कार्यक्रम तय गर्न सक्ने उक्त समितिले निर्णय गरेको छ । 





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार २१:३७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया