सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन् ।
आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित कार्यक्रमबाट उनले संकल्प पत्र सार्वजनिक गर्न लागेकी हुन् । सिंहले शिक्षा, स्वास्थ्य, रोजगार, निःशुल्क खानेपानी, ऐतिहासिक तथा साँस्कृतिक क्षेत्र संरक्षणजस्ता मुद्दालाई प्राथमिकता दिँदै आएकी छन् ।
पाँचदलीय सत्ता गठबन्धनबाट काठमाडौंको मेयरमा साझा उम्मेदवार बनेकी सिंहले यसपालि नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितसँग प्रतिस्पर्धा गर्दै छिन् ।
साथै, काठमाडौंमा अन्य दल र स्वतन्त्रबाट पनि मेयरमा उम्मेदवारी परेको छ । यसपालि यही ३० वैशाखमा स्थानीय निर्वाचन हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।