गगनले ओलीलाई ट्युसन पढाउँछु भनेपछि तामाङको व्यंग्य : ज्याला चाहिँ के दिने होला ?

स्थानीय निर्वाचन मिति नजिकिएसँगै सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूबीच दोहोरी चलिरहेको छ । मंगलबार एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरूको प्रलाप’ को संज्ञा दिएपछि यी दुई पार्टीका नेताहरूबीच दोहोरी चलिरहेको हो । 

ओलीको टिप्पणीको जवाफ बुधबार कांग्रेस महामन्त्री गगन थापाले दिएका थिए । त्यसक्रममा उनले ओलीलाई बालकोट गएर ‘ट्युसन पढाउँछु’ समेत भने । थापाको अभिव्यक्ति सुनेपछि एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उनीप्रति व्यंग्य गरेका छन् ।

तामाङले थापालाई ‘ट्युसन पढाएको ज्याला चाहिँ कति लिने’ भनेर प्रश्नसमेत गरेका छन् ।

‘एक जना बबुरो बर्बराउँछ र भन्छ– केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु । साँच्चै ट्युसन पढाउन आयो भने ज्याला (ट्युसन फी) त दिनु नै पर्ला’, तामाङले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘ज्याला चाहिँ के दिने होला? लौ न बताइदिनुहोला, कमसेकम हामीलाई सजिलो हुनेछ ।’  





  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार ८:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया