बिपी कोइरालाको राष्ट्रिय मेलमिलाप सार्थकः मुख्यमन्त्री पौडेल

हेटौँडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रिय स्वतन्त्रताको सुरक्षा एवं बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाका लागि बिपी कोइरालाले जोखिम मोलेर २०३३ पुस १६ गते स्वदेश आगमनमा आएको बताउँदै अहिले गणतन्त्रलाई सुदृढीकरण गर्न राष्ट्रिय मेलमिलाप दिवस सार्थक भएको बताएका छन् ।  

उनले ४९औँ राष्ट्रिय मेलमिलाप दिवसका उपलक्ष्यमा नेपाली कांग्रेस मकवानपुरद्वारा सोमबार हेटौँडामा आयोजित एक स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहकार्य गरेर जनतालाई आर्थिक समृद्धितर्फ आत्मनिर्भर तुल्याउन प्रदेशका सबै जिल्लामा बजेट, प्राविधिक खटिसकेको र त्यसको तत्काल अनुगमन गरिने बताएका छन् । 

सो अवसरमा प्रदेशसभामा प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसको नेतृत्वमा वर्तमान संविधान जारी गरिएको भए पनि वर्तमान सरकारको दम्भले मुलुकमा केही समूह विखण्डनका लागि तयार रहेको उल्लेख गदै{ बिपीले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलाप नीतिअनुसार राष्ट्रको सार्वभौमको रक्षा र प्रजातन्त्रको सुदृढीकरणका लागि सबै दल एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । 

उक्त कार्यक्रममा विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख, मकवानपुरका प्रजिअ आस्मान तामाङ, प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र कांग्रेसका कार्यकर्ता सहभागी थिए । 





  • प्रकाशित मिति : पुस १६, २०७५ साेमबार १७:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया