माओवादी केन्द्रका सुर्नया सहइन्चार्ज भाट एमालेमा प्रवेश

स्थानीय तहको निर्वाचनको मुखमै नेकपा माओवादी केन्द्रका सुर्नया गाउँपालिका सहइन्चार्ज नरी भाटले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्यसमेत रहेका भाट माओवादी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । 

पार्टीमा नातावाद, कृपावाद र परिवारवाद हाबी भएको आरोप लगाउँदै भाटले पार्टी छोडेका हुन् । उनले भने, ‘म आबद्ध रहेको माओवादी केन्द्रमा नातावाद र परिवारवाद हाबी भएकाले मैले पार्टी छोडेको हुँ । अहिले म नेकपा एमालेमा प्रवेश गरेको छु ।’

गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका भाट यो पालिको चुनावमा पनि उम्मेदवारका आकांक्षी रहेका थिए । 

सुर्नयामा माओवादीले एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेर अध्यक्ष पद समाजवादी र उपाध्यक्ष आफूले लिने सहमति गरेको थियो । सोही सहमति अनुसार सुरुमा माओवादी केन्द्रले सुर्नया इन्चार्ज श्वेता भट्टलाई उपाध्यक्षको उम्मेदवार बनाएको भए पनि अन्तिममा दिलाराम भट्टलाई उम्मेदवार बनाएको थियो । 

श्वेतालाई उम्मेदवार बनाएकै बेलादेखि रुष्ट भएका भाट बिहीबार एमालेमा प्रवेश गरेका हुन् । सुर्नयाको सतबाँझमा आयोजना गरिएको कार्यक्रममा भाटलाई एमालेका केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज लीलाधर भट्टले पार्टीमा प्रवेश गराएका हुन् ।





  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार १८:२९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया