मुस्ताङमा तीर्थयात्री बोकेको बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २८ घाइते
फाइल तस्वीर

मुस्ताङको कागबेनीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

विराटनगरदेखि मुस्ताङको मुक्तिनाथ तीर्थयात्री बोकेर गएको ना ५ क २१५९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।

मुस्ताङको वारागुङ गाउँपालिका-१ मा दुर्घटनामा परेको बसमा ३८ जना तीर्थयात्री रहेको बताइएको छ । बसले स्कुटरलाई ठक्कर दिएको हो ।

बसको ठक्‍करबाट स्कुटर चालक महिलाको मृत्यु भएको मुस्ताङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घाइतेहरूको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रशासनले जनाएको छ ।
 





  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार १८:४३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया