नेकपा एमालेबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी सुरु भएको छ । 'मी टू'को आरोप खेपिरहेका उनलाई राजधानीको कलेजमा आयोजित कार्यक्रममा सोधिएको प्रश्नप्रति आक्रोश पोखेपछि विभिन्न टीकाटिप्पणी सुरु भएको हो ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले महिलामाथि खुलम खुल्ला अपशब्द प्रयोग गर्ने व्यक्तिले कसरी नागरिकका मुद्दा सम्बोधन गर्छन् भन्दै प्रश्न उठाएका छन् । उनले हिंसा र विभेदकारी मानसिकता बोकेकाहरू निर्वाचनबाट अनुमोदित हुन नहुने तर्क गरे । उनले आरोपबारे जानकारी लिन खोज्दा उल्टै उत्तेजित हुने, गालीगलौज गर्नेले तिनै नागरिकका मुद्दालाई कसरी सम्बोधन गर्लान भन्दै शंका व्यक्त गरेका छन् ।
'महिलामाथि खुलम खुल्ला अपशब्द प्रयोग गर्ने व्यक्ति स्त्रीद्वेषी हुन् । यस्ता व्यक्ति जो कोही हुन्, हिंसा र विभेदकारी मानसिकता बोकेकाहरू निर्वाचनबाट अनुमोदित हुनुहुँदैन । आरोपबारे जानकारी लिन खोज्दा उल्टै उत्तेजित हुने, गालीगलौज गर्नेले तिनै नागरिकका मुद्दालाई कसरी सम्बोधन गर्न सक्छ ? उनले भनेका छन् ।
बिहीबार राजधानीको एक कलेजमा आयोजित एक कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा आक्रोशित हुँदै अभिव्यक्ति दिएका थिए । कार्यक्रममा सहभागीले उनीमाथि लागेको 'मी टू' आरोपबारे जवाफ माग्दा उनले आक्रोशित हुँदै अराजक अभिव्यक्ति दिएका थिए ।
महिलामाथि खुलम खुल्ला अपशब्द प्रयोग गर्ने व्यक्ति स्तृद्वेषी हुन्।यस्ता व्यक्ति जो कोही हुन्,हिंसा र विभेदकारी मानसिकता बोकेकाहरु निर्वाचनबाट अनुमोदित हुनुहुँदैन।आरोपबारे जानकारी लिन खोज्दा उल्टै उत्तेजित हुने,गलिगौलज गर्नेले तिनै नागरिकका मुद्धालाई कसरी सम्बोधन गर्न सक्छ ?
— Pradip Paudel (@paudelpradipNC) April 28, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।