रोनाल्डोको गोलले चेल्सीविरुद्ध हारबाट जोगियो म्यानचेस्टर

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् । गएराति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा दुवै टोली एक/एकको बराबरीमा रोकिएका हुन् ।

सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सी अंक बाँड्न बाध्य बन्यो । ६० औं मिनेटमा मार्कोस अलोन्सोले चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले काइ हाभर्टेजको पासलाई पोस्टको दिशा दिएका हुन् ।

चेल्सीको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । ६२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टरलाई एक/एक को बराबरीमा ल्याए । उनले नेमान्जा माटिचको पासलाई सदुपयोग गरेका थिए ।

यो बराबरीसँगै चेल्सी ३३ खेलमा ६६ अंक जोडेर तेस्रो स्थान तथा म्यानचेस्टर ३५ खेलबाट ५५ अंकका साथ छैटौं स्थानमा कायम छन् । 





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार ७:४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया