विवेकशील साझाका संयोजकले नै उठाए पार्टीको दिशामाथि प्रश्न, दुई संयोजकबीचको मतभेद सतहमा

काठमाडौं– वैकल्पिक राजनीति गर्ने भन्दै गठन भएको विवेकशील साझा पार्टीमा मतभेद देखिएको छ । पार्टीका दुईमध्ये एक संयोजक उज्ज्वल थापाले पार्टीका सदस्यहरुलाई १८ पानाको समीक्षा प्रतिवेदन पठाएसँगै पार्टीभित्रको मदभेद सतहमा आएको हो ।

गत स्थानीय निर्वाचनपछि तत्कालीन विवेकशील पार्टी नेपाल र साझा पार्टीबीच एकीकरण भई विवेकशील साझा पार्टी गठन  भएको थियो । एकीकरणपछि तत्कालीन विवेकशील पार्टीका अध्यक्ष उज्ज्वल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र दुवै संयोजक भई विवेकशील साझ पार्टीको नेतृत्व गरिरहेका छन् । 

प्रतिवेदनमा संयोजक थापाले सहभागितामूलक, समन्वयकारी, परिपूरक नेतृत्वहरुद्वारा दल सञ्चालित हुनुपर्नेमा झनै सीमित, थोरै नेतृत्वमा शक्तिको चरम केन्द्रीकरण भएको स्थिति रहेको र दलभित्रका सदस्यहलाई जिम्मेवारी दिन चरम हिच्किचाहट वा डर वा अनुदारताले दल हराएको जतो देखएको उल्लेख गरेका छन् ।

पार्टीले होस र जोसलाई अंगाल्न नसकेको, परिपाटी बसाल्ने पार्टी बनाउनमा चासो कम देखिएको, दलले गति लिन नसकेको र ढंग पनि पर्याप्त नदेखिएको, डरको राजनीति हाबी भएको थापाको प्रतिवेदनमा उल्लेख छ । 

पार्टी पारदर्शितादेखि डराएको थापाको निष्कर्ष छ । आर्थिक तथा निर्णयहरुमा पारदर्शितामा ह्रास आएको उनको प्रतिवेदनमा उल्लेख छ । थापाले नाम उल्लेख नगरे पनि उनको असन्तुष्टि अर्का संयोजक रवीन्द्र मिश्रप्रति रहेको प्रतिवेदनबाट बुझ्न सकिन्छ ।

एकीकरणलगत्तै भएको संसदीय चुनावमा पार्टीले अत्यधिक चर्चा पाए पनि अपेक्षित नतिजा भने ल्याउन सकेको थिएन । संघीय संसद्मा पार्टीले एक सिट पनि जित्न सकेन । काठमाडौंबाट चुनाव लडेका दुवै संयोजकले चुनाव हारे । प्रदेशतर्फ भने प्रदेश ३ मा पार्टीले समानुपातिकमा ३ सिट पाएको थियो ।



चुनावी परिणामसँगै नेता कार्यकर्तामा निराशा बढेका बेला संयोजक थापाले चुनावपछिको एक वर्षमा पार्टी गलत दिशामा रहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका हुन् । अर्का संयाेजक मिश्रले पार्टी सही दिशामा रहेकाे बताउँदै आएका छन् । 



  • प्रकाशित मिति : पुस १६, २०७५ साेमबार २१:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया