\


'आमाको त्याग र समर्पणले यहाँसम्म आइपुगेँ'
वर्षा शिवकोटी
फरकधार / १७ बैशाख, २०७९
यो सामग्री सेयर गर्नुहोस्

मेरो जीवनमा एकजना मात्रै आइडल छैनन् । किनकि जीवनमा मलाई धेरै मान्छेले प्रभाव पार्नुभएको छ, गाइड गर्नु भएको छ । फेरि एकजनालाई मात्र आइडल मान्ने हो भने उसबाट धेरै नै प्रभावित हुने सम्भावना पनि बढ्छ । एउटै व्यक्तिलाई आइडल हो भनेर मान्दा मेरो आफ्नै मौलिकपना गुम्ला कि भन्ने डर पनि लाग्छ । 

तर, यसको अर्थ के होइन भने म कोहीबाट पनि प्रभावित भएकी छैन । मलाई आफ्नो काममा ऊर्जावान बनाइराख्न पनि र प्रत्यक्ष तथा अप्रत्यक्ष प्रेरणाका लागि पनि आइडल आवश्यक हुँदो रहेछ । र, त्यसले पेशागत जीवनसँग पनि सरोकार राख्दो रहेछ ।

त्यसैले मलाई मेरो व्यक्तिगत जीवन, मेरो पेशागत जीवन र सबै कुरामा सबैभन्दा बढी कसैको प्रभाव परेको छ भने मेरी आमाको परेको छ, उहाँ नै मेरो आइडल हुनुहुन्छ । आमा आइडल भन्नुको अर्थ फेरि अरु कसैले पनि मलाई यहाँसम्म आउन सहयोग गर्नुभएन भन्ने होइन ।

मलाई यो ठाउँसम्म आउने खुड्किलाहरु आरोह गर्न मेरी आमाले ठूलो त्याग गर्नु भएको छ र उहाँको विश्वास र निर्वाध सहयोग पाएकाले न म अहिले जे छु, त्यो भएकी हुँ । अन्यथा मैले अरु केही हासिल गर्न पाउने थिइनँ । त्यसैले मेरी आइडल मेरी आमा हुन् ।



 

अामासँग वर्षा शिवाकाेटी । तस्वीर: वर्षाकाे फेसबुकबाट



  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार ७:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया