के कंगनासँग काम गर्न डराएका हुन् नवाजुद्दीन ?

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी फिल्म ‘टिकु वेड्स सेरु’का कारण अहिले चर्चामा छन् । यो फिल्म ओटिटी प्लेटफर्मममा केही समयपछि रिलिज हुने बताइएको छ । 

अनि यही फिल्मको विषयमा नवाजुद्दिन अहिले प्रचारप्रसारमा केन्द्रित भएका छन् । बलिउड अभिनेत्री कंगना रनौट यही फिल्मबाट बलिउडमा निर्माताका रुपमा डेब्यु पनि गर्दैछिन । फिल्ममा हिरोइनको भूमिकामा चाहिँ अभिनित कौर छिन् ।

फ्रेबुअरीमा सुटिङ सकिएको यो फिल्ममा काम गर्दा आफूलाई निकै रमाइलो लागेको नवाजुद्दिनले बताएका छन् । उनले कंगनाबारे अनेक कुराहरु बाहिर आए पनि कंगना आफूलाई सबैभन्दा राम्रो निर्माता लागेको पनि बताएका छन् ।

‘उनीजस्ता निर्माता निकै कम छन्, उनले भनेका छन्, ‘उनी यति धेरै गजबकी निर्माता र अभिनेत्री हुन् कि उनीसँग काम गर्दा मलाई कुनै पनि कुराको डर लागेन ।’





  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार ९:२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया