चितवनको भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिह्न भुइँकटहर पाएका छन् । उनलाई निर्वाचन आयोगले भुइँकटहर चुनाव चिह्न दिएको हो ।
सत्तारुढ गठबन्धनको भागवण्डामा नेकपा माओवादी केन्द्रलाई परेको भरतपुर महानगरपालिकामा रेनु दाहाल गठबन्धनबाट उम्मेदवार भएकी छिन् । कांग्रेसका नेता तथा कार्यकर्ताको व्यापक विरोध भएपछि पौडेलले उम्मेदवारी दिएका थिए ।
उनलाई उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दै गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठसमेत भरतपुर पुगेर फकाउने प्रयास गरेका थिए ।
तर, उनले उम्मेदवारी फिर्ता लिएनन् । उनले जनताको र नेपाली कांग्रेसका कार्यकर्ताको भावना बुझेर आफूले उम्मेदवारी फिर्ता नलिएको बताएका छन् ।
उनले उम्मेदवारी फिर्ता नलिएपछि उनलाई नेपाली कांग्रेसले क्रियाशिल सदस्यसमेत नरहने गरि पार्टीबाट निस्कासित गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।