जिम्बाब्बे ए सँगकाे खेल तालिका फेरियो, अब टी-२० सिरिज पहिला हुने

नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाब्वे 'ए' सँग हुने एकदिवसीय र टी-२० सिरिजकाे खेल तालिका परिवर्तन गरेकाे छ ।

यसअघिकाे तालिकाअनुसार एकदिवसीय सिरिज पहिला हुने भनिएकाे भए पनि क्यानले शनिबार सार्वजनिक गरेकाे नयाँ तालिकाअनुसार टी-२० सरिज पहिला हुने भएकाे छ ।

पहिलाकाे तालिकाअनुसार आजबाट एकदिवसीय सिरिज हुने तय थियाे तर वर्षाका कारण खेल हुन सकेन ।

नयाँ तालिकाअनुसार टी-२० सिरिज १ मे (भाेलि) बाट सुरु हुनेछ ।

सिरिजकाे दोस्रो खेल २ मे तथा तेस्रो खेल ४ मेमा हुनेछ ।

त्यस्तै, एकदिवसीय सिरिजकाे पहिलाे खेल ६ मे, दोस्रो खेल ७ मे तथा तेस्रो खेल ९ मेमा हुनेछ ।



दुवै सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।



  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार १६:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया