गायक आरसीको ‘आमा’ सार्वजनिक (भिडियो)

गायक आरसी रिमालको आमा शीर्षकको गीत सार्वजनिक भएको छ । गीतमा राजीव राना मगरको शब्द छ भने टीका बोमजनको संगीत रहेको छ । गीतमा सुष्मा लिम्बू र दीपा तामाङले कोरस स्वर दिएका छन् ।

आमाको असमायिक निधन भएपछि छोराको संघर्षपूर्ण जीवनका मार्मिक सन्दर्भलाई गीतमा समेटिएको छ । आमाको ऋणबाट मुक्त हुने छोरोको मनको बहलाई गायक रिमालले आफ्नो गायकीले सिंगारेका छन् ।

गीतको भिडियोको निर्देशन पिटर गुरुङले गरेका छन् भने मुख्य भूमिकामा आरसीका दाजु समुद्र रिमालले अभियन गरेका छन् । ‘पहिलोपटक अभिनय गरेको हुँ, सबैले राम्रो छ भन्नुभएको छ,’ आफ्नो अभिनय अनुभवबारे समुद्रले भने ।

आमाको मुख हेर्ने दिनको एक दिनअघि शुक्रबार रिलिज गरिएको गीतले १० हजार भ्युज पाइसकेको छ । भिडियोमा मौलिक नेपाली गाउँले जीवनलाई उतारिएको छ । विगत १० वर्षदेखि संगीत क्षेत्रमा होमिएका रिमालको यसअघि अञ्जु पन्तसँगको युगल गीत ‘सिन्की अचार’ हिट भइसकेको छ ।

उनको संगीतमा प्रमोद खरेललगायत कलाकारले गाएका छन् । औपचारिक संगीत अध्ययनपछि हाल शास्त्रीय संगीतमा व्यस्त रिसाल संगीत प्रशिक्षणबाहेक आउँदो वर्ष आफ्नै स्वर तथा संगीतमा तथा आफ्नो संगीतमा अन्य कलाकारको स्वरमा केही गीत सार्वजनिक गर्ने योजानामा छन् ।





  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार २०:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया