पोखरामा अटेरीलाई पहिले लौरो किन दिइयो, किन खोसियो र फेरि किन दिइयो ?

पोखरा महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएको अटेरी समूह आज दिनभर चर्चामा आयो । चर्चामा आउनुको कारण थियो, उसले पाएको चुनाव चिह्न । 

अन्य स्वतन्त्र उम्मेदवारले चुनाव चिह्न छानिसकेपछि अटेरी समूहले पोखरामा पनि लौरो छानेको थियो । गणेश पौडेलले लौरो चुनाव चिह्न छानेपछि निर्वाचन आयोगले उनलाई उक्त चुनाव चिह्न दियो, उनीहरुले प्रचारप्रसार सुरु गरे । 

काठमाडौंमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले पनि लौरोलाई चुनाव चिह्नका रुपमा पाएका थिए । त्यसैले पनि यसले देशभर एउटा समूहको चुनाव चिह्न लौरो हुने सन्देश दिन थालिसकेको थियो ।

तर, शनिबार दिउँसो चार बजे निर्वाचन कार्यालयले गणेशलाई फेरि फोन गर्यो र भन्यो– तपाईंलाई लौरो चुनाव चिह्न दिन नसकिने भयो ।

पोखरा महानगरपालिका र कास्कीमा मेयरका लागि ७ जनाको मात्र स्वतन्त्र उम्मेदवारी परेकाले र लौरो आठौं नम्बरमा रहेकाले आफूहरुले त्यो चुनाव चिह्न दिन नसकेको निर्वाचन आयोगले बताएको थियो । तर, प्रचारप्रसार सुरु गरिसकेका गणेश र उनका साथीहरुले यसलाई स्वीकार गरेनन् ।

दलीय प्रभावमा परेर निर्वाचन आयोगले यस्तो गरेको आरोप उनीहरुले लगाउन थाले । निर्वाचन आयोगको कार्यालयमा उनीहरुले धर्ना दिए, घेराउ गरे ।



पछि निर्वाचन आयोगले अटेरी समूहलाई लौरो नै दिने निर्णय गर्यो । अब पोखरा महानगरको मेयरका लागि गणेश र उनको अटेरी समूहले लौरो चुनाव चिह्न लिएर प्रचारप्रसार सुरु गरिसकेको छ ।



  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार २२:३२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया