नेकपा एमालेले आज हेटौंडाको हुप्रचौरमा आमसभाको आयोजना गर्दैछ । आमसभाका लागि मकवानपुरको गाउँगाउँबाट कार्यकर्ता र सुभेच्छुकहरू आउनेक्रम जारी छ ।
हुप्राचौरमा आमसभा हुनुअघि हेटौंडाका विभिन्न स्थानबाट जुलुस निकाल्ने एमाले मकवानपुरले जनाएको छ । आमसभालाई पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मकवानवपुर तथा जिफन्ट बागमती प्रदेशको आयोजनामा हेटौंडा–४ हुप्राचौरमा हुने चुनावी सम्बोधन गर्न ओली हेलिकोप्टरमार्फत हेटौंडा आउने छन् । ओलीको प्रतीक्षामा अहिले हुप्राचौरमा एमालेका नेताकर्याकर्ताको भिड लागेको छ ।
तस्बिरमा हेर्नुहोस्, ओली आउनुअघि हुप्रचौरको दृश्य :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।