आईजिपी नियुक्तिमा शेखरको आपत्ति, भने - सरकारले विधिको शासनको खिल्ली उडायो
फरकधार / १८ बैशाख, २०७९
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता शेखर कोइारालाले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजिपी)नियुक्तिमा आपत्ति जनाएका छन् । 



आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आईजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो । उनी महानिरीक्षकको दाबेदारीमा तेस्रो वरीयतामा थिए ।

सरकारले वरीयतमा अगाडि रहेका विश्वराज पाेखरेल र सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई आईजिपी नियुक्त गरिएकाे हाे । 



उनले आईजिपीमा सिंहलाई नियुक्त गर्ने सरकारले निर्णय गरेलगत्तै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् । उनले वरीयता र विधि मिचिएको भन्दै सरकारको आलोचना गरेका छन् । 



‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजिपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ’ उनले भनेका छन् ।

 

  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १५:४७:५,   अन्तिम अपडेट : बैशाख १८, २०७९ आइतबार १५:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया