मेयर भएको भोलिपल्ट बाँडेर सगुन खाने, पर्सिपल्टबाट काम सुरु गर्ने : केशव स्थापित

एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

स्थापितले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकै दिनमा दिनमा सो काम सकाएर महानगरवासीको सेवाको काममा लाग्ने बताए । आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सगुन खाँदा पनि झोल नखाने भन्दै नल्याउन पनि सबैलाई आग्रह गरे । 

उनले पानी ल्याउने, विष्कुट ल्याउने अनि बाँडेर सगुन खाने र मेयर भएको पर्सिपल्टबाट काम सुरु गर्ने बताए । मेयरका उम्मेदवार स्थापितले भने, 'बाँडचुड गरेर एक दिन सगुन खाने । भोलिपल्टबाट आम नागरिकको पीडालाई सुनेर काम गर्ने हो ।’

उनले आफू मेयर भएपछि उपहार नल्याउन पनि सबैलाई आग्रह गरे । काठमाडौं महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रुपमा आफूले विकास गर्न चाहेको मेयरका उम्मेदवार स्थापितको भनाइ छ । 





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १७:३४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया